Rule 23
छात्रवृत्तिको समयावधि थप गर्न सक्ने
छात्रवृत्तिमा अध्ययन वा तालीमको निमित्त पठाइएको विषय कुनै कारणले पूर्व निर्धारित अवधिभित्र सम्पन्न हुन नसक्ने कारण देखाई म्याद थपको निमित्त कुनै व्यक्तिले आफूले अध्ययन वा तालीम गरेको संस्थाको सिफारिश साथ शिक्षा मन्त्रालय समक्ष निवेदन दिएमा सो मन्त्रालयले म्याद थपको निमित्त छात्रवृत्ति उपलब्ध हुने नहुने कुराको विचार गरी नेपाल सरकारलाई कुनै आर्थिक व्ययभार नपर्ने र भविष्यमा प्राप्त हुने छात्रवृत्तिलाई असर नपर्ने भए अध्ययन वा तालीमको म्याद थप गर्न स्वीकृति दिन सक्नेछ ।